प्रभु बैंकका सीईओ शेरचनको तलब ४ करोड ३ लाख, अन्य पदाधिकारीको कति ? « Arthapath.com
२६ असार २०८२, बिहीबार

प्रभु बैंकका सीईओ शेरचनको तलब ४ करोड ३ लाख, अन्य पदाधिकारीको कति ?



काठमाडौं । पभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले ४ करोड बढी तलब भत्ता बुझेका छन् । सीईओ शेरचनलाई बैंकले गत आर्थिक वर्ष २०७८÷७९ मा तलब भत्ता वापत ४ करोड ३ लाख २० हजार रुपैयाँ रकम दिएको हो ।

उनले तलब भत्ता वापत ३ करोड ३ लाख ३ हजार रुपैयाँ, कर्मचारी बोनस बापत ५६ लाख ९४ हजार रुपैयाँ, दशैं तथा बिदा बापत ४३ लाख २३ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत अध्यक्षलाई १२ हजार, सञ्चालक सदस्यहरुलाइ १० हजार प्रदान गर्ने गरेको छ । त्यसैगरी उपसमितिमा सहभागी सञ्चालक समितिका सदस्यहरुलाइ १० हजार का दरले बैठक भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ । यस बाहेक सञ्चालक समितिका अध्यक्षलाई टेलिफोन, मोवाइल तथा पत्रपत्रिका खर्च बापत प्रति महिना .११ हजार र सञ्चालक सदस्यहरुलाई प्रति महिना.१० हजार प्रदान गर्ने गरिएको छ । समीक्षा अवधिमा सञ्चालक समितिको अध्यक्ष तथा सञ्चालक सदस्यहरुलाई बैठक भत्ता र पत्रपत्रिका तथा टेलिफोन खर्चवापत ४९ लाख ४५ हजार प्रदान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्