सिद्धार्थ बैंकको ४६ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारण समेत आवेदन दिन पाउने « Arthapath.com
२६ असार २०८२, बिहीबार

सिद्धार्थ बैंकको ४६ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारण समेत आवेदन दिन पाउने



काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले सर्वसाधारणले समेत आवेदन दिन पाउने गरी ४६ हजार ८६९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।

यस अघि विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदैं खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधि भित्र विद्यमान संस्थापकबाट कुनै पनि आवेदन नपरेपछि कम्पनीले अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।


प्रतिक्रिया दिनुहोस्