कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार आजदेखि सुरु, कस्तो बन्यो सांगठनिक संरचना ? « Arthapath.com
२५ असार २०८२, बुधबार

कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार आजदेखि सुरु, कस्तो बन्यो सांगठनिक संरचना ?



काठमाडौं । आजदेखि (पुस १७ गते) कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार सुरु भएको छ।

मर्जपछि कुमारी बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो । मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टंगालमा रहने छ ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याल र बरिष्ठ डेपुटी सीईओमा रामचन्द्र खनाल हुनेछन् । बैंकको संचालक समितिमा भने दुई बैंकको तर्फबाट ३/३ जना रहने छन् । समितिमा एकजना मनोनयन गरिने र ७ जना संचालकबाट अध्यक्ष चुनिने बताइएको छ ।

यी दुई बैंक एक आपसमा गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ हुनेछ । कुमारी बेंकको १४ अर्ब ७१ करोड ११ लाख ८३३ रुपैयाँ छ भने एनसिसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८० रुपैयाँ रहेको छ ।

कुमारी बेंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ रहेको छ। मर्जपछि बैंकको कुल पुजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ ।

मर्जर पछि डाटा माईग्रेसन प्रयोजनको लागि पुष १५ र पुष १६ गते सार्वजनिक बिदाका दिन कुमारी बैंक र एनसीसी बैंकद्वारा आफ्ना विभिन्न शाखाहरुबाट प्रदान गर्दै आईरहेको बैंकिङ्ग सेवाहरु बन्द गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्