कृषि विकास बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
२६ पुष २०७९, मंगलवार

कृषि विकास बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ११ प्रतिशत नगद (कर प्रयोजन) र २ प्रतिशत बोनस गरी कुल ११ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । साथै, नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशत हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभाश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र शेयरधनीहरुलाई वितरण गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्