नेष्डो समृद्ध र नेरुडे लघुवित्तले पुष भित्र साधारण सभा नगर्ने, यस्तो छ कारण « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेष्डो समृद्ध र नेरुडे लघुवित्तले पुष भित्र साधारण सभा नगर्ने, यस्तो छ कारण



काठमाडौं । नेष्डो समृद्ध लघुवित्त र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि पुष मसान्तभित्र साधारण सभा गर्ने नसक्ने भएको छ ।

नेष्डो समृद्ध लघुवित्तको आर्थिक वर्ष २०७८।०७९ बाह्य लेखा परीक्षणको कार्य सम्पन्न हुने प्रक्रियामा रहेको हुनाले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक वित्तीय विवतरहरु नेपाल राष्ट्र बैंकमा पेश भई नसकेको हुनाले पुष मसान्त भित्र साधारण सभा गर्ने नसक्ने जनाएको हो ।

नेरुडे लघुवित्तले आर्थिक वर्ष २०७८।०७९ बाह्य लेखा परीक्षणको कार्य सम्पन्न गरी आर्थिक वर्ष २०७८।०७९ को वार्षिक वित्तीय विवतरहरु नेपाल राष्ट्र बैंकबाट पुष २१ गते स्वीकृत पाए पनि १६औं वार्षिक साधारण सभा गर्ने नसकिने बताएको हो ।

दुबैं लघुवित्तको वार्षिक साधारण सभा २०७९ चैत मसान्तसम्म सम्पन्न गरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्