कालिका लघुवित्तले चैत मसान्तभित्र साधारण सभा गर्ने

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष समान्तभित्र वार्षिक साधारण सभा गर्ने नसक्ने बताएको छ ।
कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७८।०७९ को बाह्य लेखापरीक्षण सम्पन्न भई वित्तीय विवतरण अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गरेको र स्वीकृतिको प्रक्रियामा रहेको हुदाँ पुष भित्र साधारण सभा नगर्ने बताएको हो ।
उक्त आर्थिक वर्षको साधारण सभा २०७९ चैत मसान्तसम्म गर्ने कम्पनीले जनाएको छ ।
