एक बैंकले पठायो सम्वन्धित सेयरधनीको खातामा लाभांश, तपाईकोमा आयो ? « Arthapath.com
२ माघ २०७९, सोमबार

एक बैंकले पठायो सम्वन्धित सेयरधनीको खातामा लाभांश, तपाईकोमा आयो ?



काठमाडौं । एक बैंकले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गर्ने सुरु गरेको छ । साविक नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको हो ।

बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई ७% प्रतिशत नगद लाभांश (करसहित) जम्मा गर्न सुरु गरेको जनाएको छ । साथै, लाभांश खातामा नआएका सेयरधनीहरुलाई डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्न बैंकले जनाएको छ ,

साथै, सेयर अभौतिकीकरण (डिम्याट) नगरेका सेयरधनीहरुले पनि सेयर डिम्याट गर्न बैंकले भनेको छ ।


प्रतिक्रिया दिनुहोस्