इन्फिनिटी लघुवित्तले शेयरधनीहरुलाई २० प्रतिशत बोनस दिने

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको पुष ३० गते बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको २० प्रतिशत बोनस दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र शेयरधनीहरुलाई वितरण गरीनेछ ।
