२५ लघुवित्तले लाभांश घोषणा: ७ लघुवित्तले एजिएम सम्पन्न गर्दा १५ को अझै अन्यौल, यस्तो छ कारण ! « Arthapath.com
२ माघ २०७९, सोमबार

२५ लघुवित्तले लाभांश घोषणा: ७ लघुवित्तले एजिएम सम्पन्न गर्दा १५ को अझै अन्यौल, यस्तो छ कारण !



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । वित्तीय कम्पनीहरुले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको घोषणा गरेका हुन् ।

हालसम्म अधिकांश बैंकहरुले लाभांश घोषणा गरि सेयरधनीलाई वितरण गरिसकेको छन् । कतिपयले पारित गर्न साधारण सभा आव्हान गरेका छन् । तर, लाभांश घोषणा गर्न भने धेरै लघुवित्त वित्तीय कम्पनीहरु बाँकी देखिएका छन् ।

हालसम्म २ दर्जन बढी लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई प्रतिफल दिने घोषणा गरेका हुन् । हालसम्म ७ लघुवित्तहरुले आफ्ना वार्षिक साधारण सभा सम्पन्न गरी सकेका छन् भने ३ लघुवित्तहरुले आव्हान गरेका छन् । जसमा १५ लघुवित्तहरुले अझै वार्षिक साधारण सभा बोलान सकेको छैन । आर्थिक वष समाप्त भएको ६ महिना भित्र साधारण सभा गरी सक्नु पर्ने भए पनि अहिलेसम्म ७ लघुवित्तले मात्र सभा सम्पन्न गरेका हुन । अन्य लघुवित्तहरु अझै अन्यौलमा छन् ।

बैंक वित्तीय संस्था सहित लघुवित्तहरुले पनि लाभांश घोषणा तथा साधारणसभा गर्नलाई नेपाल राष्ट्र बैंकको अनुमति माग्नु पर्ने हुन्छ । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति नदिएकाले लघुवित्त वित्तीय संस्थाहरुले पुष मसान्तसम्म पनि साधारणसभा गर्न नसकेका हुन् ।

यता नेपाल राष्ट्र बेंक भने लघुवित्त वित्तीय संस्थाहरुले नियम विपरित बढी शुल्क लिएको र त्यस्तो शुल्क फिर्ता गर्ने प्रतिबद्धता नगरेकाले स्वीकृत नगरेको बताउदैं आइरहेको छ । लघुवित्तहरु भने आफुले कुनै पनि बढी शुल्क नलिएको दाबि गर्दै आइरहेका छन् । निर्देशिकामा नभएको व्यवस्था देखाएर राष्ट्र बैंकले आफु माथि दादागिरी गरेर प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लगाउन खोजेको आरोप लघुवित्त प्रमुख कार्यकारी अधिकृतहरु बताउछन् ।

अहिलेसम्म २५ लघुवित्तहरुले लाभांश घोषण गरी सकेका छन् ।

लाभांश घोषणा गरेका तर साधारण सभा बोलाउन नसकेका लघुवित्त

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरि कुल ४३ करोड ९० लाख ५ हजार रुपैयाँ लाभांश वितरण गर्ने भएको हो ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडल ४७.५ प्रतिशत बोनस र २.५ प्रतिशत नगद (कर प्रयोजनं) गरी कुल ५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत बोनस र ११.०५६३२ प्रतिशत नगद (कर प्रयोजन) का लागि गरी कुल २१.०५२६३२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर प्रयोजनं) गरी कुल २५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

स्वारोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले २२ प्रतिशत बोनस र १.१५७९ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको हो ।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २२ प्रतिशत बोनस र ३.२६ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको हो ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनस र ६.०५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको हहो ।

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको हो ।

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९४७३६८१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत बोनस दिने निर्णय गरेको हो ।

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडल १९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सर्पोर्ट लघुवित्त वित्तीय संस्थाले ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५७८९४७३७ प्रतिशत लाभांश दिने भएको हो ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ७३ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनका लागि ३.८४२१ प्रतिशत नगद लाभांश दिने भएको हो ।

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले २६ प्रतिशत बोनस र १.३६८४ प्रतिशत नगद लाभांश गरी कुल २७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २६ प्रतिशत बोनस र १.३६८४ प्रतिशत नगद लाभांश गरी कुल २७.३६८४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

साधारण सभा बोलाएका लघुवित्त

नेरुडे लघुवित्त वित्तीय संस्थाले २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५७९ प्रतिशत नगद गरि कुल २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । कम्पनीले उक्त प्रस्ताव पारितका लागि माघ २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले माघ १७ गते बुक क्लोज गर्दै छ ।

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद (कर प्रयोजन) गरी कुल ३१.५८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीको छ्रैटो वार्षिक साधारण सभा माघ १३ गतेका लागि बोलाएको हो । कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ ३ गते बुक क्लोज गर्दै छ ।

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसका लागि कम्पनीले माघ ६ गते वार्षिक साधारण सभा बोलाएको छ । जसका लागि कम्पनीले पुष २२ गते बुक क्लोज गरी सकेको छ ।

साधारण सभा सम्पन्न गरेका लघुवित्त

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद (कर प्रयोजन) लागि गरी कुल ३१.५८ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । उक्त प्रस्ताव पुष ३० गते बसेको वार्षिक साधारण सभाले पारित गरी सकेको छ ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको थियोे । कम्पनीले पुष ३० गते वार्षिक साधारण सभा लाभांश पारिद गर्दै सम्पन्न भइ सकेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ प्रतिशत बोनस र ०.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । कम्पनीले पुष ३० गते वार्षिक साधारण सभा सम्पन्न गरी सकेको छ ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश (नगद लाभांश तथा बोनस सेयरमा लाग्नेकर समेतका लागि ) दिने भएको हो । कम्पनीले पुष ३० गते वार्षिक साधारण सभा सम्पन्न गरी सकेको छ ।

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ प्रतिशत बोनस र १ प्रतिशत नगद (कर प्रयोजन) गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले पुष ३० गते वार्षिक साधारण सभा सम्पन्न गरी सकेको छ ।

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले पुष २९ गते वार्षिक साधारण सभा सम्पन्न गरी सकेको छ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले २३ प्रतिशत बोनस सेयर मात्रै वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७÷७८ मा मर्जर तथा प्राप्ति कार्य सम्पन्न गरि दुई संस्था प्राप्ति गरि एकीकृत कारोबार सुरु गरेकाले आयकर ऐन २०५८ बमोजिम सेयरधनीलाई बोनस वितरण गर्दा कर नलाग्ने भएकाले नगद लाभांश नदिने भएको हो । कम्पनीले पुष ३० गते वार्षिक साधारण सभा सम्पन्न गरी सकेको छ ।


प्रतिक्रिया दिनुहोस्