मर्जर पछि कुमारी बैंक र एनसीसीको सेयर नेप्सेमा सूचीकृत, कतिमा खुल्ला कारोबार ? « Arthapath.com
५ माघ २०७९, बिहीबार

मर्जर पछि कुमारी बैंक र एनसीसीको सेयर नेप्सेमा सूचीकृत, कतिमा खुल्ला कारोबार ?



काठमाडौंं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक कम्पनीको सेयर सूचीकृत गरेको छ । कुमारी बैंक तथा नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) मर्जरपछि कुमारी बैंकको नामबाट सेयर सूचीकृत भएको हो ।

कुमार बैंकको नाममा २६ करोड २२ लाख ५८ हजार ६१३.५७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । साविक कुमारी बैंकको १४ करोड ७१ लाख ११ हजार ८३२ दशमलव ५७ कित्ता र साविक एनसीसी बैंकको ११ करोड ५१ लाख ४६ हजार ७८१ कित्ता सेयर नेप्सेमा कारोबारयोग्य भएको छ ।

कुमारी बैंक र एनसीसी बैंक मर्ज भई कुमारी बैंकको नामबाट गत पुस १७ गतेदेखि एकीकृत कारोबार शुरू भएको छ । कम्पनीको मर्जर पछि पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेन्ज १८९ रुपैयाँ ५६ पैसा तोकेको छ ।

नेप्सेले कम्पनीको सेयरलाई केबिएल संकेत दिएको छ । कम्पनीको सेयर सोमबार अर्थात माघ ९ गतेदेखि कारोबार आउनेछ ।


प्रतिक्रिया दिनुहोस्