निफ्राको अधिकांश सूचकमा देखियो सकरात्मक सुधार: नाफा ७३ प्रतिशतले वृद्धि, यस्तो छ वित्तीय प्रगति « Arthapath.com
६ माघ २०७९, शुक्रबार

निफ्राको अधिकांश सूचकमा देखियो सकरात्मक सुधार: नाफा ७३ प्रतिशतले वृद्धि, यस्तो छ वित्तीय प्रगति



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफामा सकरात्मक सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफा साढे ७६ करोड माथि पुगेको छ ।

चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद नाफा ७३.०९ प्रतिशतले वृद्धि भई ७६ करोड ६१ लाख ६० हजार रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा भने बैंकले ४४ करोड २६ लाख ४८ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।

सो अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ६०.८८ प्रतिशतले वृद्धि भई १ अर्ब ३२ करोड ४९ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।चालु आवको पुस मसान्तसम्ममा बैंकको कुल संचालन आम्दानी १ अर्ब ३३ करोड ६४ ला ख ८६ हजार रुपैयाँ पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा भने ६२.०१ प्रतिशतले बढी हो ।

सो अवधिमा बैंकको संचान मुनाफा ७३.०९ प्रतिशतले बढेर १ अर्ब ९ करोड ४५ लाख १५ हजार रुपैयाँ पुगेको भने वितरण योग्य नाफा ६० करोड ४१ लाख ८ हजार रुपैयाँ कायम भएको छ ।

सो अवधिमा बैंकको निक्षेप५७ करोड ७९ लाख ५४ रुपैयाँ मात्र रहेको छ। कर्जा प्रवाह भने १९ अर्ब ८२ करोड ३० लाख ९५ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । बैंकले जगेडा तथा कोषमा भने १ अर्ब ६६ करोड ९६ लाख २० हजार रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६६ पैसाले वृद्धि भई ७ रुपैयाँ ९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ भने १०७ रुपैयाँ ७३ पैसा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्