मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा गरिदैं, राष्ट्र बैंकले माग्यो सुझाव « Arthapath.com
९ माघ २०७९, सोमबार

मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा गरिदैं, राष्ट्र बैंकले माग्यो सुझाव



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७९÷८० को मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा गर्न सरोकारवालाहरुको सुझाव माग गरेको छ । राष्ट्र बैंकले सोमबार एक सुचना जारी गर्दै माघ २० गते भित्र उक्त सुझाव दिन आह्वान गरेको हो ।

सरोकारवालाले [email protected] मा आफ्नो सुझाव पठाउन सक्नेछन् । सरोकारवालाको सुझाव आएपछि मौद्रिक नीतिको अर्धबार्षिक समिक्षालाई अन्तिम रुप दिने राष्ट्र बैंकको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक बजारलाई लक्षित गरेर हरेक आवमा मौद्रिक नीति ल्याउछ । त्यसलाई समयसापेक्ष बनाउन प्रत्येक त्रैमासमा समिक्षा गरिन्छ । त्यसमा दोस्रो त्रैमास अर्थात् अर्धबार्षिक समिक्षाको बढी महत्वपूर्ण मानिन्छ । कतिपय अवस्थामा मौद्रिक नीतिले लिइएको उद्देश्य संसोधन गरिन्छ । साथै, नयाँ नीतिगत व्यवस्था तथा संसोधन पनि गरिन्छ । यी यस्ता कारण मौद्रिक नीतिको समिक्षा निकै महत्वपूर्ण छ ।


प्रतिक्रिया दिनुहोस्