यस्तो छ मेरो माइक्रोफाइनान्स लघुवित्तको १०औं वार्षिक साधारण सभाको ‘माइन्युट’ « Arthapath.com
१७ माघ २०७९, मंगलवार

यस्तो छ मेरो माइक्रोफाइनान्स लघुवित्तको १०औं वार्षिक साधारण सभाको ‘माइन्युट’



काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साधारण सभाको माइन्युट नेपाल स्टक एक्सेञ्ज (नेप्से) मा पेश गरेको छ ।

कम्पनीले १०औं वार्षिक साधारण सभा क्राउन होटल हारती, विदुर–५, गँगटे, नुवाकोटको सभाहलमा माघ ६ गते सम्पन्न गरेको हो । सभाले कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेका १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर सहित) गरी जम्मा २० प्रतिशत लाभांश पारित गरेको छ ।

साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने र गत आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका प्रस्ताव पारित गरेको हो ।

यस्तो मेरो माइक्रोफाइनान्स लघुवित्तको साधारण सभाको माइन्युट


प्रतिक्रिया दिनुहोस्