देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ) « Arthapath.com
२३ माघ २०७९, सोमबार

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)



काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारेको तथ्यांक सार्वजनिक गरेको छ । सोमबार राष्ट्र बैंकले चालू आर्थिक वर्षको ६ महिनाको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको हो ।

चालू आर्थिक वर्षको ६ महिनाको तथ्यांक अनुसार यस अवधिमा विप्रेषण आप्रवाह २४।३ प्रतिशतले वृद्धि भई ५८५ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५।० प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४।६ प्रतिशतले वृद्धि भई २,७५,६४३ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्