विदेशी मुद्रा संचिति १३ खर्ब ३७ अर्ब पुग्यो, १० महिनाभन्दा बढी आयात धान्ने « Arthapath.com
२३ माघ २०७९, सोमबार

विदेशी मुद्रा संचिति १३ खर्ब ३७ अर्ब पुग्यो, १० महिनाभन्दा बढी आयात धान्ने



काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामो अवधीमा विदेशी मुद्रा संचिति बढेको छ। पुससम्म मुलुकको कुल विदेशी मुद्रा विनिमय सञ्चिति करिब १ खर्ब २१ अर्ब रुपैयाँले बढेको हो ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार गत पुससम्म मुलुकको कुल विदेशी मुद्रा सञ्चिति १३ खर्ब ३७ अर्ब २९ करोड रुपैयाँ छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १० प्रतिशतले वृद्धि भइ २०७९ पुस मसान्तमा १३ खर्ब ३७ अर्ब २९ करोड पुगेको हो।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ पुस मसान्तमा ८ प्रतिशतले वृद्धि भई १० अर्ब ३० करोड कायम भएको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ पुस मसान्तमा १२ प्रतिशतले वृद्धि भई ११ खर्ब ८३ अर्ब ३७ करोड पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ पुस मसान्तमा ३।४ प्रतिशतले कमी आई १ खर्ब ५३ अर्ब ९१ करोड कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्