प्रभु बैंकका सिईओ शेरचनको पक्षमा फैसला, नियुक्ति बदर नहुने « Arthapath.com
२३ माघ २०७९, सोमबार

प्रभु बैंकका सिईओ शेरचनको पक्षमा फैसला, नियुक्ति बदर नहुने



काठमाडौं । पाटन उच्च अदालतले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनको पक्षमा फैसला सुनाएको छ।

उच्च अदालतका न्यायाधीशद्वय श्यामजी प्रधान र अमृतबहादुर बस्नेतको संयुक्त इजलासले आइतबार सीईओ शेरचनविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

फाइनान्सकाे रूपमा खुलेकाे प्रभुमा स्थापना कालदेखी सीईओ रहेका शेरचनसँग २ दशककाे बैंकिङ अनुभव रहेकाे छ । गत पुष २७ गते सेञ्चुरी कमर्सियल बैंकलाई विलय गरे प्रश्चात सीईओकाे कार्यकाल थप गरिएको थियो । उनको पुनः नियुक्त पछि अधिवक्ता अनिता थापाले उक्त निर्णय बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३’ विपरीत रहेकोले खारेज हुनुपर्ने माग गर्दै उच्च अदालतमा मुद्दा दायर गरेकी थिइन्। आज अदालतले बैंकका सीइओ शेरचन पक्षमा फैसला गरेको हो ।

राष्ट्र बैंकको नियमनअनुसार मर्जर तथा एक्विजिसनमा गएपछि दुई कार्यकाल बैंकको अध्यक्ष वा सीईओ भएपछि पनि पुनः तेस्रो कार्यकालका लागि नियुक्त हुन पाउने स्पष्ट कानुनी व्यवस्था छ। 


प्रतिक्रिया दिनुहोस्