थप दुई बैंकसहित पाँच कम्पनीको ३ करोड ३४ लाख कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ? « Arthapath.com
५ फाल्गुन २०७९, शुक्रबार

थप दुई बैंकसहित पाँच कम्पनीको ३ करोड ३४ लाख कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप ५ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । माघ २९ गतेदेखि फागुन ५ गते एक साताको बीचमा विभिन्न कम्पनीहरुको बोनस सेयर सूचीकृत भएका् हो ।

नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, हिमालयन डिष्टीलरी र राद्यी विद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । यी पाँच कम्पनीको ३ करोड ३४ लाख ३७ हजार ३०९.५८२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेशनल लाइफ
कम्पनीको १५ प्रतिशत बोनस बापतको ६० लाख ५२ हजार ७३७.२३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकको ३ प्रतिशत बोनस बापतको ७१ लाख ३८ हजार ७२६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । ग्लोबल आइएमई बैंकले मंसिर २३ गते सम्पन्न साधारण सभाबाट पारित ३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

हिमालयन बैक
कम्पनीको ८ प्रतिशत बोनस बापतको १ करोड ३ लाख ७४ हजार ९८०.५८ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सूचीकृत गरेको हो ।

राधी विद्युत
राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस बापतको ७ लाख ५९ हजार ९९०.८४२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सूचीकृत गरेको हो ।

हिमालयन डिष्टीलरी लिमिटेड
कम्पनीको ६० प्रतिशत बोनस बापतको ९१ लाख १० हजार ८७४.९३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

यी पाँच वटा कम्पनीको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्