नेप्सेमा एक कम्पनीको १ करोड २३ लाख कित्ता बोनस सेयर सूचीकृत « Arthapath.com
१० फाल्गुन २०७९, बुधबार

नेप्सेमा एक कम्पनीको १ करोड २३ लाख कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार एभरेष्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको १३ प्रतिशत बोनस बापतको १ करोड २३ लाख ०७ हजार ५४२.२७ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रदान गरेको बोनस सूचीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्