सबैको लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा मस्र्याङदी रिभर भ्यू रिसोर्ट बन्दिपुर ५ तनहुँमा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९५ प्रतिशत नगद लाभांश पारित गरेको छ । त्यस्तै सभाले यस कम्पनीले घ वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिने वा प्राप्ती गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १४ गते एक दिन बुक क्लोज गरेको हुदाँ फागुन ११ गते सम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।