राष्ट्र बैंकले बोलायो वाणिज्य बैंकका सीइओहरुलाई आकस्मिक बैठक, के हुने छ छलफल ? « Arthapath.com
१३ चैत्र २०७९, सोमबार

राष्ट्र बैंकले बोलायो वाणिज्य बैंकका सीइओहरुलाई आकस्मिक बैठक, के हुने छ छलफल ?



काठमाडौं । वाणिज्य बैंक सम्पूर्ण प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरुलाई नेपाल राष्ट्र बैंकले बैठकमा बोलाएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीइओहरुलाई पत्र पठाउदैं दिउँसो ३ बजेका लागि बैठकमा बोलाएका हुन ।

गर्भनर सहित डेपुटी गर्भनरहरु लगायतका उच्च अधिकारीहरुलाई काठमाडौंको होटल याक एण्डमा बोलाएको हो ।

बैंक तथा वित्तीय संस्थाको ब्याजदर तथा अहिले देखिएको तरलताको समस्या, बढ्दो खराब कर्जा लगायतका कुरामा छलफल हुने बुझीएको छ ।


प्रतिक्रिया दिनुहोस्