बजारको दबाब थेग्न मौद्रिक नीति लचिलो, नितिगत दर यथावत राखी बैंक दर घटायौ : गभर्नर अधिकारी « Arthapath.com
२९ बैशाख २०८०, शुक्रबार

बजारको दबाब थेग्न मौद्रिक नीति लचिलो, नितिगत दर यथावत राखी बैंक दर घटायौ : गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिलाई सजगतापूर्वक केही लचिलो बनाएको बताए ।

चालु आर्थिक वर्ष २०७९।८० को मौद्रिक नितिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले यस्तो बताएका हुन ।

आन्तरिक आर्थिक गतिविधिहरु चलायमान बनाउन सहयोग पुर्याउने गरी सजगतापूर्वक केही लचिलो बनाएको उनको भनाइ छ । उनले बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाई ७ प्रतिशत कायम गरिएको जानकारी गराए । उनले भने “मौद्रिक नीति मार्फत नीतिगत दर यथावत राखिएको छ । विद्यमान बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाई ७।५ प्रतिशत कायम गरिएको छ ।”


प्रतिक्रिया दिनुहोस्