अर्थमन्त्रीले मागे बैंकर्ससँग सुझाव, स्थानिय तहकाे डिपाेजिट गणनादेखी कित्ताकाँट खाेल्नेसम्मकाे आश्वासन

काठमाडाैं । अर्थतन्त्रमा देखिएकाे गतिराेधबारे अर्थमन्त्री डा. प्रकासशरण महतले वाणिज्य बैंकका सीईओहरूसँग सुझाव मागेका छन् ।
‘अहिले बजारमा कर्जाकाे माग किन हुन सकेन भनेर महतले प्रश्न गरेका थिए’ सहभागी हिमालयन बैंकका सीईओ अशाेक राणाले भने । अर्थतन्त्र सुधारकाे लागी मन्त्रीले सुझाव माग्नुभयाे ।
अर्थतन्त्र चलायमान नहुनुकाे कारणबारे अर्थमन्त्रीले चासाे व्यक्त गरेका थिए । अर्थमन्त्री सामु बैंकर्सहरूले चालु पुँजी कर्जासंबन्धी व्यवस्थामा परिवर्तन, स्थानिय तहकाे बजेटलाई निक्षेपमा गणना गर्न दिनुपर्ने र सरकारले कित्ताकाँट खाेलेमा अर्थतन्त्र चलायमान हुने बताए ।
अन्त्यमा अर्थमन्त्री महतले कित्ताकाँट खाेल्न र स्थानिय तहकाे निक्षेप गणनामा आफु सकारात्मक रहेकाे बताएकाे सहभागी अर्का सीईओले बताए ।