गाडी हेर्न ‘नाडा अटो शो’मा, एक हप्तामै कर्जा लिन कृषि विकास बैंकमा « Arthapath.com
२८ भाद्र २०८०, बिहीबार

गाडी हेर्न ‘नाडा अटो शो’मा, एक हप्तामै कर्जा लिन कृषि विकास बैंकमा



काठमाडौं । कृषि विकास बैंकले अटो कर्जा योजना ल्याएको छ । बैंकले अधिकतम ७ वर्ष अवधिको अटो कर्जा योजना ल्याएको हो ।

बैंकले ‘गाडी हेर्ने भए नाडा अटो शोमा, किन्ने भए कृषि विकास बैंकमा’ भन्ने स्लोगसहित अटो कर्जा योजना अघि सारेको हो ।

गत मंगलबारदेखि काठमाडौंमा नाडा अटो शो २०२३ सुरु भएको छ । भदौ ३१ गतेसम्म संचालन हुने उक्त शोमा बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न कर्जा योजना ल्याएका छन् । सोही सन्दर्भमा कृषि विकास बैंकले पनि मासिक तथा त्रैमासिक ब्याज र किस्ता भुक्तानीको अटो कर्जा प्रदान गर्ने भएको हो ।

बैंकका अनुसार व्यक्तिगत अटो कर्जामा ५० प्रतिशत र संस्थागत तर्फ ६५ प्रतिशतसम्म कर्जा दिने भएको हो । यद्यपि, बैंकले विद्युतीय गाडीमा भने ८० प्रतिशत फाइनान्सिङको व्यवस्था रहेको जनाएको छ । विद्युतीय सवारी खरिदमा बैंकले ८० प्रतिशतसम्म कर्जा दिने भएको छ ।

सरल प्रक्रिया, कागजात प्राप्त भएको न्युनतम एक हप्तामै कर्जा स्वीकृत हुने बैंकले जनाएको छ। ‘सरल प्रक्रिया, कागजात प्राप्त भएको न्युनतम ७ देखि अधिकतम १० दिनमा कर्जा प्रदान गरिने छ । विद्युतीय सवारी खरिदमा भने ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा छ’–बैंकले भन्यो । बैंकका अनुसार ग्राहकले रोजेका अर्थात् किन्न चाहेको गाडी सहज रुपमा खरिद गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्