बैंकिङ्ग प्रणालीमा अधिक तरलता: एक सातामै ७० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक, आजै २५ अर्ब तान्दै « Arthapath.com
२२ मंसिर २०८०, शुक्रबार

बैंकिङ्ग प्रणालीमा अधिक तरलता: एक सातामै ७० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक, आजै २५ अर्ब तान्दै



काठमाडौं । तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज पनि २५ अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएसँगै आज फेरि २५ अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो ।

शुक्रबार १४ दिनका लागि तरलता खिच्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति पुस ६ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।बोलकबोल भने शुक्रबार १२ बजेसम्म गर्न सकिने छ ।

बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले नि:शेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

पछिल्लो एक सातामा राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ तान्न लागेको हो । बिहीबार पनि केन्द्रीय बैंकले २५ अर्बको निक्षेप तोनिसकेको छ । गत मंसिर १७ गते पनि १० अर्ब र २० गते १० अर्ब रुपैयाँ र २१ गते २५ अर्ब निक्षेप तोनेको थियो ।


प्रतिक्रिया दिनुहोस्