महालक्ष्मी विकास बैंकले कमायो २७ करोड ८० लाख नाफा, कस्ता छन् मुख्य सूचकहरु ? « Arthapath.com
६ माघ २०८०, शनिबार

महालक्ष्मी विकास बैंकले कमायो २७ करोड ८० लाख नाफा, कस्ता छन् मुख्य सूचकहरु ?



काठमाडौं । ६ महिनामा महालक्ष्मी विकास बैङ्कले झन्डै २८ करोड नाफा कमाएको छ । बैङ्कले शनिवार प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । 

चालु आवको पुस मसान्तसम्ममा बैङ्कले २७ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । तर, बैङ्कको यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने १२.०३ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा बैङ्कले ३१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

समीक्षा अवधिमा बैङ्कको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दोहोरो अङ्कले घटेको छ, यसले नाफा प्रभावित बनेको हो । 

समीक्षा अवधिमा बैङ्कको खुद ब्याज आम्दानी १४.५३ प्रतिशतले घटेर ८९ करोड २४ लाख रुपैयाँ र सञ्चालन नाफा १२.८३ प्रतिशतले घटेर ३९ करोड ५७ लाख रुपैयाँ कायम भएको छ । बैङ्कको वितरणयोग्य नाफा भने ६ करोड ८३ लाख रुपैयाँ रहेको छ । सो अवधिमा बैङ्कको खराब कर्जा भने केही नियन्त्रण गरी ४.२१ प्रतिशतमा झारेको छ।  

बैङ्कको चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख रुपैयाँ रहेको छ । बैङ्कको जगेडा तथा कोषमा भने २ अर्ब २५ करोड ४० लाख रुपैयाँ राखेको छ । सो अवधिमा बैङ्कको निक्षेप सङ्कलन ३ प्रतिशतले बढेर ५३ अर्ब ४ करोड ३ लाख रुपैयाँ पुगेको छ । तर, कर्जा लगानी भने ९.०६ प्रतिशत बढेर ४० अर्ब ५० करोड ८७ लाख रुपैयाँ पुगेको छ । बैङ्कको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ३३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ०४ पैसा रहेको छ । 


प्रतिक्रिया दिनुहोस्