नेपाल एसबिआई बैंक र इसेवा मनि ट्रान्सफरबिच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता « Arthapath.com
२४ असार २०८३, बुधबार

नेपाल एसबिआई बैंक र इसेवा मनि ट्रान्सफरबिच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता



काठमाडौं । नेपाल एसबिआई बैंक र इसेवा मनि ट्रान्सफर प्रा.लि. बिच ग्राहकहरुलाई लक्षित गरी रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ ।

सर्वसाधारण ग्राहकहरुले नेपाल एसबिआई बैंक का सम्पुर्ण शाखाहरु र इसेवाका बिभिन्न एजेन्टहरु मार्फत भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता, नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमूख प्रविधि अधिकृत सूनन्द मलहोत्रा, प्रमूख व्यवसाय प्रवद्र्घन अधिकृत रितेश अर्यालका साथै इसेवाका इनोभेसन एण्ड अपरेशन म्यानेजर सूमित भण्डारीको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा तथा इसेवा मनि ट्रान्सफर प्रा.लि.का प्रमूख कार्यकारी अधिकृत अजेश कोइरालाको संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।


प्रतिक्रिया दिनुहोस्