काठमाडौंको ताम्राकार हाउसमा शाओमीको आधिकारिक सेवा केन्द्र सञ्चालनमा « Arthapath.com
२४ असार २०८३, बुधबार

काठमाडौंको ताम्राकार हाउसमा शाओमीको आधिकारिक सेवा केन्द्र सञ्चालनमा



काठमाडौं । शाओमी नेपालले काठमाडौंको न्युरोडस्थित ताम्राकार हाउसमा नयाँ आधिकारिक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। कम्पनीले ग्राहकलाई छिटो, सहज र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ।

नयाँ सेवा केन्द्रमा शाओमीका स्मार्टफोन, स्मार्टवाच तथा फिटनेस ब्यान्डलगायतका वेयरेबल उपकरण, इयरबड तथा हेडफोन र अन्य एआईओटी (एआई इन्टरनेट अफ थिङ्स) उपकरणहरूको मर्मत तथा प्राविधिक सेवा उपलब्ध हुनेछ। साथै, ग्राहकले यहाँबाट शाओमीका आधिकारिक स्पेयर पार्ट्स पनि खरिद गर्न सक्नेछन्।

यो सेवा केन्द्र शारदा समूहअन्तर्गतको भात्सल इम्पेक्स प्रालिले सञ्चालन गर्नेछ। कम्पनीले शाओमीका आधिकारिक बिक्रीपछिका सेवामार्फत ग्राहकलाई भरपर्दो सेवा अनुभव प्रदान गर्ने जनाएको छ।

सेवा केन्द्र उद्घाटनको अवसरमा कम्पनीले ग्राहकका लागि विशेष प्रवर्द्धनात्मक अफरसमेत सार्वजनिक गरेको छ। उक्त अफरबारे थप जानकारीका लागि शाओमी नेपालका आधिकारिक सामाजिक सञ्जाल वा सेवा केन्द्रमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।

भात्सल इम्पेक्सका निर्देशक गौरव शारदा र नितेश कुमार मुन्द्राले नयाँ सेवा केन्द्र सञ्चालनसँगै काठमाडौंका शाओमी प्रयोगकर्ताले अझ छिटो, सहज र गुणस्तरीय बिक्रीपछिको सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे।

कम्पनीका अनुसार सेवा केन्द्रमा दक्ष प्राविधिक टोली रहनेछ, जसले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्यासम्मको समाधान उपलब्ध गराउनेछ। ग्राहकले आवश्यक सेवाका लागि सेवा केन्द्रमा सिधै पुगेर वा सम्पर्क गरेर सुविधा लिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्