भिसा इन्टरनेसनलद्वारा कुमारी बैंकलाई दुई अवार्ड
काठमाडौं । भिसा इन्टरनेसनलद्वारा कुमारी बैंकलाई दुई विधामा सम्मानित गरेको छ । असोज ४ मा भिसा इन्टरनेसनल “लिडरसिप कन्क्लेभ नेपाल २०२४” सम्मेलनमा कुमारी बैंकलाई “एक्सलेन्स इन कस्टमर क्रेडिट कार्डस् बिजनेस” र “एक्सलेन्स इन क्रस -बोर्डर बिजनेस ” अवार्डले सम्मानित गरिएको हो ।
आफ्नो स्थापनाकाल देखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामर्थ्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।