झिनो अंकले घट्यो नेप्से, परिसूचक २६०० मा
काठमाडौं । साताको अन्तिम दिन पनि शेयर बजार घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.१३ अंकले घटेर २६०० को विन्दुमा परिसूचक आएको छ ।
आज नेप्से घट्दा ६ अर्ब ८६ करोड ८ लाख १८ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ६० हजार ५३७ कित्ता शेयर कारोबार भएको छ ।
बजार बन्द हुँदा १२० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज दिनभरमा ३६७ वटा कम्पनीको शेयर ५३ हजार ४३५ पटक किनबेच भएको छ ।













