चिनो हाइड्रोपावरमा एभरेस्ट बैङ्कको करिब डेढ अर्ब लगानी  « Arthapath.com
३ असार २०८२, मंगलबार

चिनो हाइड्रोपावरमा एभरेस्ट बैङ्कको करिब डेढ अर्ब लगानी 



काठमाडौँ । एभरेस्ट बैङ्क र चिनो हाइड्रोपावरबिच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न १३६ करोड वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ । 

उक्त सहमति पत्रमा एभरेस्ट बैङ्कका तर्फबाट कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका तर्फबाट अध्यक्ष विजय बहादुर श्रेष्ठद्वारा हस्ताक्षर गरिएको छ ।

मनाङ जिल्लाको नासोङ गाउँपालिकामा अवस्थित उक्त परियोजना बुटवल पावर कम्पनीद्वारा प्रवर्द्धित परियोजना हो । 

परियोजना दुई वर्षमा सम्पन्न गर्न चिनिया ठेकेदारलाई इपिसि मोडलमा ठेक्का लगाइएको छ । यसबाट उत्पादित विद्युत् मनाङ जिल्लाको धारापानी स्थित सब स्टेसनबाट राष्ट्रिय ग्रिडमा जोडिने छ । 

परियोजनाको लागि नेपाल विद्युत् प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेडबिच विद्युत् खरिद बिक्री सम्झौता गत वैशाखमै सम्पन्न भइसकेको छ । यस परियोजनाबाट वार्षिक ४४.४६३ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ ।

पन्जाब नेशनल बैङ्क भारतसँगको संयुक्त साझेदारीमा स्थापित एभरेस्ट बैङ्कमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक सङ्ख्या रहेको र देशैभरी १३२ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू, १६७ एटिएम छन् । 

विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैङ्कले नेपाल सरकारको राजस्व सङ्कलनको लागि ३२ वटा सङ्कलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ । 

एभरेस्ट बैङ्कले भारतको नयाँ दिल्ली लगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्