माबिलुङ इनर्जीले पायाे आइपीओ निष्कासनकाे अनुमति « Arthapath.com
२७ असार २०८२, शुक्रबार

माबिलुङ इनर्जीले पायाे आइपीओ निष्कासनकाे अनुमति



काठमाडौं। माबिलुङ इनर्जीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आइपीओ निष्कासन गर्न अनुमति पाएको छ।

सेबोनले कम्पनीलाई सेयर निष्कासन गर्न आइतबार अनुमति दिएसँगै कम्पनीले १८ करोड ९० लाख ६२ हजार ४८९ रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्नेछ।

माबिलुङ इनर्जीले चुक्ता पुँजीको ४८.९९ प्रतिशत सेयर निष्कासन गर्न लागेको सेबोनले जनाएको छ ।

माबिलुङको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेकाे छ।


प्रतिक्रिया दिनुहोस्