आइक्यानद्वारा नबिल बैंकलाई लगातार तेस्रो पटक (गोल्ड) अवार्डसहित दुई अवार्ड  « Arthapath.com
१६ असार २०८३, मंगलबार

आइक्यानद्वारा नबिल बैंकलाई लगातार तेस्रो पटक (गोल्ड) अवार्डसहित दुई अवार्ड 



काठमाडौँ। नबिल बैंक बैङ्किङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । नबिल बैंकले लगातार तेस्रो पटक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा वार्षिक रूपमा प्रदान गरिने निजी क्षेत्रको बैंक तर्फको गोल्ड अवार्ड प्राप्त गरेको छ।

यसका साथै बिपिए पुरस्कारको इतिहासमै पहिलो पटक प्रदान गरिएको ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड’ र ‘सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड’ दुवैतर्फ सर्टिफिकेट अफ मेरिट पनि बैंकले पाएको छ। 

यस वर्ष पहिलो पटक प्रदान गरिएका यी दुई विधा तथा तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) गरी एकैपटक तीनवटा अवार्डबाट नबिल बैंक सम्मानित भएको छ।

मङ्गलवार काठमाडौँमा आयोजित एक समारोहबिच आइक्यानका अध्यक्ष निल बहादुर सारू मगरद्वारा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दीप बाबु पौडेललाई उक्त अवार्डहरू हस्तान्तरण गरे।  

आइक्यानले आर्थिक वर्ष २०२५ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा यो अवार्ड दिएको हो। अवार्ड छनोटमा संस्थाको वित्तीय पारदर्शिता, जबाफदेहिता, सुशासन र दिगोपना जस्ता मापदण्ड राखिएको थियो । नबिल बैंकलाई यी सबैमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरिएको आइक्यानले जनाएको छ । 

 नबिल बैंकले सन् २०२३ र २०२४ को वार्षिक प्रतिवेदका लागि पनि यो पुरस्कार पाएको थियो। बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदन नेपालको तर्फबाट दक्षिण एसियाली स्तरमा आयोजना गरिने साफा बिपिए अवार्डका लागि समेत मनोनीत हुने आयोजक संस्थाले जनाएको छ। 

चार दशकदेखि गुणस्तरीय बैङ्किङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि एन बैंक सञ्चालनमा ल्याएको छ ।


प्रतिक्रिया दिनुहोस्