इमेज सहकारीको संचालकमा नाम जोडिएपछि रुपा बिकको स्पष्टोक्ति: ‘संस्थामा मेरो कुनै पनि संलग्नता छैन’ « Arthapath.com
११ जेष्ठ २०८०, बिहीबार

इमेज सहकारीको संचालकमा नाम जोडिएपछि रुपा बिकको स्पष्टोक्ति: ‘संस्थामा मेरो कुनै पनि संलग्नता छैन’



काठमाडौं । इमेज सहकारी संस्था बागलुङको संचालकमा नाम जोडिएकी रुपमा बिकले ध्यानाकर्षण गराएकी छन् । बिहीबार एक विज्ञप्ती जारी गर्दै बिकले आफू सो सहकारीको संचालक नरहेको स्पष्ट पारेकी हुन् ।

बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि इमेज सहकारी अध्यक्ष देव कुमार नेपाली गत हप्तादेखि सम्पर्कबिहीन छन् । कारोबार बिग्रिएपछि सहकारीले रुपमा बिकको नाम पनि संचालकमा उल्लेख गरेको थियो । त्यसपछि वि.क.ले उक्त घटनाप्रति ध्यानाकर्षण भएको बताउँदै आफु सहकारीको सञ्चालक नभएको बताएकी छिन् । साथै, पछिल्ला घटनाबारे आफु जानकार नरहेको उनको विज्ञप्तीमा उल्लेख छ ।

उक्त सहकारी संस्थामा आफु लगायत परिवारको कोही सदस्य को पनि संस्था स्थापना कालदेखि हालसम्म सेयर सदस्य सम्म नरहेको बताएकी छन् । सो सहकारीमा कुनै पनि लगानी नगरेको, ऋण पनि नलिएको, बचत खाता पनि नरहेको उनको भनाइ छ ।

कुनै पनि संस्थाको संचालक समितिको सदस्य पदमा रहनको लागि संस्थाको शेयर सदस्य हुनुपर्ने र साधारण सभाबाट अनुमोदन गर्नुपर्ने कानुनी व्यवस्था छ । यस सहकारी संस्थाको कुनै पनि बैठक तथा साधारण सभामा कुनै पनि दिन सहभागी नभएको अवस्थामा र शेयर सदस्य, बचतकर्ता समेत नरहेको उनको भनाइ छ । त्यस्तो व्यक्ति संस्थाको संचालक समिति सदस्य हुने अवस्था नै रहेको उनको विज्ञप्तीमा उल्लेख छ ।

‘यो इमेज बचत तथा ऋण सहकारी संस्थासंग मेरा नाम समेत समावेश भई आएता पनि उक्त संस्थामा मेरो कुनै पनि संलग्नता नरहेको र संस्थाको गतिविधि बारे म अनविज्ञ छ ।’- उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस्