शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको नारायणी डेभलपमेन्ट बैंकको कस्तो छ वित्तीय अवस्था ? « Arthapath.com
२२ भाद्र २०७९, बुधबार

शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको नारायणी डेभलपमेन्ट बैंकको कस्तो छ वित्तीय अवस्था ?



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

बैंकले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले १ः१ अनुपातमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर जारी लागेको हो ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्न अनुमति मागेको हो । । यसअघि पनि बैंकले लगातार दुई पटक शतप्रतित हकप्रद सेयर बिक्री गरिसकेको छ ।

यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । यसअघि पनि बैंकले लगातार दुई पटक शतप्रतित हकप्रद सेयर बिक्री गरिसकेको छ ।

हाल बैंकको चुक्ता पूँजी २६ करोड २४ लाख रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्ता पूँजी ५२ करोड ४९ लाख रुपैयाँ बढी पुग्नेछ ।

कस्तो छ बैंकको वित्तीय अवस्था ?

गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण अनसार बैंक १ करोड ७४ लाख ७४ हजार रुपैयाँ नोक्सानीमा देखिएको छ । उक्त अवधिमा बैंकको निक्षेप तथा कर्जा लगानीमा क्रमशः वृद्धि हुँदै गएकाले नोक्सानी बढेको हो ।

अघिल्लो आवको सोही अवधिमा पनि बैंक १ करोड १९ लाख ४० हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । उक्त अवधिमा बैंकले ८४ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

गत आवमा बैंकको संचालन मुनाफा २ करोड १६ लाख रुपैयाँ रहेको छ । गत आवमा बैंकको खराब कर्जा ८.९९ प्रतिशतबाट घटाएर २.९४ प्रतिशतमा झारेहको छ ।

बैंकको प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ८८ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ५७ रुपैयाँ ६६ पैसा रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्