नख्खुमा बाढीले बगाएका २ व्यक्तिको सकुशल उद्धार गर्ने तामाङलाई महालक्ष्मी विकास बैंकले दियो १ लाख « Arthapath.com
१३ आश्विन २०८१, आईतवार

नख्खुमा बाढीले बगाएका २ व्यक्तिको सकुशल उद्धार गर्ने तामाङलाई महालक्ष्मी विकास बैंकले दियो १ लाख



काठमाडौं । शनिबार ललितपुर महानगरपालिका–१३ नख्खुखोलामा बाढीले बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गर्ने चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले सम्मान गरेको छ ।

काभ्रे जिल्ला तेमाल गाँउपालिका–९ घर भएका ३३ वर्षीय तामाङलाई उच्च जोखिमका बावजुद पनि २ जनाको सकुशल उद्धार गरेको भन्दै बैंकले सम्मान गरेको हो । तामाङले अदम्य साहस, अठोट र तत्परताले राजु शाह र उनको परिवारको सदस्यको सफल उद्धार गरेका थिए ।

आइतबार बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा तामङ्गलाई १ लाख नगद सहित सम्मान गरिएको हो । यस्ता कार्यले विपतको समयमा नागरिक स्तरबाट सुरक्षित रुपमा उद्घार कार्यमा सहभागिता जनाउन समेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैं


प्रतिक्रिया दिनुहोस्