ज्योति विकास बैंकका ग्राहकलाई जङ्गल भिला रिसोर्टमा १५ प्रतिशत छुट
काठमाडौं । ज्योति विकास बैंकका ग्राहकलाई जङ्गल भिला रिसोर्टमा १५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्न सम्झौता भएको छ ।
बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खाना, बेभरेज तथा रुम चार्जमा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै समाजप्रति उत्तरदायी बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै आएको छ । नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति बैंक प्रतिबद्ध छ।
बैंकले उपत्यका र उपत्यका बाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।