कर्णाली डेभलपमेन्ट बैंकले भन्यो, ‘बदनाम गराउने दुस्प्रयास गरियो, नियमित बैंकिङ्ग काम रोकिएको छैन’ « Arthapath.com
१४ मंसिर २०८१, शुक्रबार

कर्णाली डेभलपमेन्ट बैंकले भन्यो, ‘बदनाम गराउने दुस्प्रयास गरियो, नियमित बैंकिङ्ग काम रोकिएको छैन’



काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले केही सञ्चारमाध्यमले बैंकलाई बदनाम गराउने दुस्प्रयास गरेको जनाएको छ । नेपाल राष्ट्र बैंकले बैंकलाई गरेको सुधारात्मक कारबाहीलाई तोडमोड गरी द्वेषपूर्ण ढंगले बैंकलाई बदनाम गराउने दुस्प्रयास गरेको जनाएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत निरज विक्रम शाहद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८१/०८/११ गते नेपाल राष्ट्र बैंकबाट आधिकारिक वेबसाइटमा यस संस्थाका सम्बन्धमा प्रकाशित सूचनालाई केही अनलाइन माध्यमबाट फरक-फरक दृष्टिकोणले तोडमोड गरी द्वेषपूर्ण ढंगले बैंकलाई बदनाम गराउने दुस्प्रयास गरेकोमा यस्ता गलत, तथ्यहीन र असन्तुलित समाचारको भ्रममा नपर्न हामी हाम्रा ग्राहक, शुभचिन्तक र आम जनतामा सादर आग्रह गर्दछौं ।’

विविध कारणले गर्दा कर्जा असुली हुन नसक्दा निष्कृय कर्जा बढेका कारण राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको शिघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली-२०७४ बमोजिम निष्कृय कर्जा असुली गरी सुधार गर्नका लागि कर्जा तथा बचतमा पर्याप्त सिमाभित्र रही कारोबार गर्ने गरी शिघ्र सुधारका लागि कारवाही गरिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

‘नेपाल लगायत विश्वभरी फैलिएको कोभिड १९ महामारीको पहिलो तथा दोस्रो लहर र महामारी पछिको असरका कारण सृजित आर्थिक मन्दीका कारण आर्थिक गतिविधि शिथिल भएका कारण देशभरीका बैंक तथा वित्तिय संस्थाहरुको कर्जा असुली प्रक्रियामा प्रतिकुल प्रभाव परेको त सर्वविदितै छ । सो सम्बन्धमा यस बैंकबाट कर्जा असुलीका सम्पूर्ण औजार प्रयोग गर्दा समेत आर्थिक मन्दी, घर, जग्गा कारोबारमा आएको मन्दी अवान्छित कार्य गर्ने समुहको अवरोध आदिका कारण केही कर्जा असुली हुन नसकेकोले निष्कृय कर्जा बढेका कारण नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तिय संस्थाको शिघ्र सुधारात्मक कार्यवाही सम्बन्धी विनियमावली-२०७४ बमोजिम निष्कृय कर्जा असुली गरी सुधार गर्नका लागि कर्जा तथा बचतमा पर्याप्त सिमाभित्र रही कारोबार गर्ने गरी शिघ्र सुधारका लागि कारवाही गरिएको हुँदा यस बैंकको कारोबारमा रोक नलगाईएको र बैंकको कर्जा असुली लगायत नियमित बैंकिङ्ग कारोबार भई रहेको व्यहोरा स्पष्ट पार्न चाहन्छौं’ विज्ञप्तिमा भनिएको च्छ ।

नेपाल राष्ट्र बैंकको स्थलगत निरिक्षण प्रतिवेदनमा उल्लेख गरिएको न्यूनतम प्राथमिक पूँजी कोष अनुपात क्रमशः ५२.५९ प्रतिशत देखि २५.८७ प्रतिशत ऋणात्मकमा झारेको छ। जस अनुसार प्राथमिक पूँजी कोष अनुपातमा ५०.७१ प्रतिशत हासिल समेत गरिसकेको बैंकले जनाएको छ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० देखि २०८०/८१ मा बैंकले निष्कृय कर्जा क्रमशः ५९.३९ प्रतिशत बाट ४०.८५ प्रतिशतमा घटाएको छ । जुन ३१.२२ प्रतिशतले हासिल गरेको हो।

कर्जा निक्षेप अनुपात (सिडी रेसियो) आर्थिक बर्ष २०७९/८० मा ६६.१३ प्रतिशत रहेको मा २०८०/८१ म ५५.०२ प्रतिशत मात्र रहेको छ। तरल सम्पत्ति/कुल निक्षेप अनुपात आर्थिक बर्ष २०७९/८० मा ३३.०१ प्रतिशतबाट बढेर आर्थिक बर्ष २०८०/८१ मा ३९.१० प्रतिशत कायम राखेको बैंकको दाबी छ। यसले तरलता व्यवस्थापनमा कर्णाली डेभेलपमेण्ट बैंकको सक्रियताका साथै निक्षेप कर्ताहरुका रकमहरुको सुरक्षमा उच्च प्राथमिकता रहेको बैंकले जनाएको छ ।

हाल आर्थिक गतिविधिमा सुधार आएसंगै २०८१ आषाढ मसान्तसम्ममा निष्कृय वर्गमा रहेका कर्जाहरु २०८१ को असोज मसान्त सम्ममा असुल उपर भै निष्कृय कर्जा २९.४९ प्रतिशत कायम राख्न सफल भइसकेको बैंकले जनाएको छ। अन्य निष्कृय कर्जाहरुअसुल उपर हुने प्रक्रियामा रहेको हुँदा छोटो अवधिमा नै सुधार गरी कारवाही फुकुवा प्रक्रियामा जाने समेत विज्ञप्तिमा उल्लेख छ ।

उक्त कारवाहीले यस बैंकका ग्राहकहरुको नियमित बैंकिङ्ग काम कारवाहीमा असर नगर्ने, निर्वाध कारोबार गर्न सक्ने र बैंकको सिडि रेसियो समेत कम्फर्टेबल रहेको हुँदा भुक्तानीमा कुनै समस्या नरहेको सीईओ शाहले बताए ।


प्रतिक्रिया दिनुहोस्