मुक्तिनाथ बैंकले १ अर्ब बराबरको अग्राधिकार सेयर जारी गर्ने, १८औं साधारण सभाबाट अनुमोदन « Arthapath.com
२९ पुष २०८१, सोमबार

मुक्तिनाथ बैंकले १ अर्ब बराबरको अग्राधिकार सेयर जारी गर्ने, १८औं साधारण सभाबाट अनुमोदन



काठमाडौं । मुक्तिनाथ विकास बैंकको १८औं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ ।

सभाले गत आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले प्रति सेयर १०० रुपैयाँका दरले १ अर्ब बराबरको मुक्तिनाथ ८.५ प्रतिशत अविमोच्य असञ्चित अग्राधिकार सेयर सम्बन्धित नियमानकारी निकायको स्वीकृति पश्चात जारी गर्ने प्रस्ताव समेत स्वीकृत गरेको छ ।

सोही सभाले चालु आव २०८१–८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ ।

सोही अवसरमा बैंक स्थापनाका लगि सुरुवाती ३० जना पहलकर्ता अर्थात् संस्थापक सेयरधनीहरु, बैंकको उन्नयनमा अतुलनीय योगदान दिने अन्य संस्थापक सेयरधनीहरु तथा संचालक सदस्यहरुलाई सम्मान गरिएको थियो ।

विशेष प्रस्तावको रुपमा रहेको काठमाण्डौं–२८, कमलादीमा अवस्थित केन्द्रीय कार्यालय, बंैकको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय भवन, लाजिम्पाट काठमाण्डौंमा स्थानान्तरण गर्ने लगायतका सबै प्रस्तावहरु सर्वसम्मत रुपले पारित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्