नारायणी डेभलपमेन्ट बैंक अब नयाँ स्थान र भवनबाट सञ्चालनमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक नयाँ स्थान र भवनबाट सञ्चालनमा आएको छ । बैंकको केन्द्रीय कार्यालय भरतपुर महानगरपालिका–१० वाइपासरोडस्थित जिल्ला सहकारी सघं चितवनको आधुनिक नवनिर्मित भवनमा स्थानान्तरण भइ सञ्चालनमा आएको हो ।
यस बैंकले चितवनको मुख्य–मुख्य पाँच स्थानमा (टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सा) शाखा कार्यालयहरु खोली बैंकिङ कारोबार सञ्चालन गर्दै आइरहेको छ ।
आधुनिक बैंकिङ्ग प्रणालीमा प्रयोग हुने सुविधाहरुको प्रयोग गर्दै आफ्नो कारोवारलाई चुस्त, दुरुस्त र अझ सर्बसुलभ बनाउने अभिप्रायले बैंकको २२ औं साधारणसभाले केन्द्रिय कार्यालय चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं १० मा स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।