कोरम नपुगेपछि सिन्धु विकास बैंकको साधारणसभा स्थगित, अब कहिले बस्दैछ ?

काठमाडौं । गणपूरक संख्या (कोरम) नपुगेपछि सिन्धु विकास बैंकको साधारणसभा स्थगित भएको छ । बैंकले बुधबार (फागुन २८ गते) १४औं र १५औं वार्षिक साधारणसभा बोलाएको थियो ।
बुधबारको सभा स्थगित भएकाले बैंकले अब फेरि चैत ८ गते साधारणसभा बोलाएको छ ।सभा काभ्रेको धुलिखेल स्थित होटल मिरावलमा बिहान ९ बजेबाट सुरु हुनेछ।
यसअघि राखेका सबै एजेन्डाहरु यथावत् रहेको छ । सभामा बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्रीको प्रस्ताव पेश गर्नेछ ।
बैंकले हाल कायम रहेको चुक्ता पुँजीमा २ : १ (प्रत्येक २ सेयरमा १ हकप्रद सेयर) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारणसभामा पेश गर्ने निर्णय गरेको छ ।