शाखा कार्यालय संचालनका लागि घर भाडामा खोज्दै गोर्खाज फाइनान्स « Arthapath.com
१२ आश्विन २०७९, बुधबार

शाखा कार्यालय संचालनका लागि घर भाडामा खोज्दै गोर्खाज फाइनान्स



काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले शाखा कार्यालय संचालनका लागि घर बहालमा लिने भएको छ ।

कम्पनीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१०, पुल बजारमा रहेको शाखा कार्यालय सोही नगरपालिका–८ मा स्थानान्तरण गर्ने भएकाले घर बहालमा लिन खोजेको हो ।

उक्त दिन स्थानमा घर÷फल्याट बहालमा दिन चाहाने इच्छुक घरधनीहरुले ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको सामान्य प्रशासन विभाग वा बनेपा शाखामा प्रस्ताव पेश गर्न सक्नेछन् ।

प्रस्तावित घर हालको शाखाबाट ६५० मिटर पूर्वको दुरीमा हुनुपर्ने न्युनतम १ हजार ४५० वर्गफिटदेखि १ हजार ६ सय वर्गफिट क्षेत्रफल भएको पक्की घर हुनुपर्ने लगायतका शर्तहरु तोकेको छ।

अन्य के-के ?

Tags :

प्रतिक्रिया दिनुहोस्