समृद्धि फाइनान्सको नारायणगढ चितवन शखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न « Arthapath.com
२८ फाल्गुन २०७९, आईतवार

समृद्धि फाइनान्सको नारायणगढ चितवन शखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न



काठमाडौं । समृद्धि फाइनान्सले फाल्गुण २७ गते शाखा कार्यालय नारायणगढ चितवनबाट खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रम शाखाको पा्रङगणमा सम्मन्न गरिएको थियो । फाल्गुण १८ बाट सुरु गरिएको कार्यक्रम भोलि २८ गते बुटवल शाखाबाट आयोजना गरी समापन गर्ने तालिका रहेको संस्थाले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्