सेन्ट्रल फाइनान्सका सेयरधनी निराश, यो वर्ष कुनै पनि लाभांश नबाँड्ने
काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनीले सेयरधनी निराश बनाएको छ । यो वर्ष कम्पनीले कुनै पनि लाभांश नबाँड्ने भएको हो ।
कम्पनीको फागनु ४ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । तर, गत आवको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पेश गरिने कम्पनीले जनाएको छ ।