साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
२ श्रावण २०८३, शनिबार

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौँ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (जेठ १२ गते, सोमबार) अन्तिम दिन रहेको छ।

कम्पनीले आगामी ५९ औँ वार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि भोलिदेखि बुकक्लोज गर्न लागेकाले लाभांश हात पार्ने आज अन्तिम अवसर रहेको हो।

कम्पनीले भोलि अर्थात् जेठ १३ गतेदेखि जेठ २९ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ। यसको अर्थ, नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज बैंकिङ कारोबार समयभित्र सेयर खरिद गरी कायम रहने सेयरधनीहरूले मात्र कम्पनीको वार्षिक साधारण सभामा भाग लिन र घोषित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

कर्पोरेशनले आफ्नो ५९ औँ वार्षिक साधारण सभा आगामी जेठ २९ गते शुक्रबारका लागि आह्वान गरेको छ। काठमाडौँको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजना हुने उक्त सभा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ।

उक्त साधारण सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले बैंक तथा वित्तीय संस्थाबाट ऋण सुविधा लिने स्वीकृतिबारे छलफल गर्ने, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने लगायतका सामान्य प्रस्तावहरू समेत अनुमोदन गर्नेछ।


प्रतिक्रिया दिनुहोस्