श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले १.९६४१ प्रतिशत लाभांश दिने
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ ।
मंसिर १८ गते मंगलबार बसेको कम्पनी संचालक समितिको बैठकले १.९६४१ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १.८६५९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.०९८२ प्रतिशत नगद लाभांश दिने भएको छ ।
उक्त लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।