निरन्तर कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्दै मिर्मिरे « Arthapath.com
२० माघ २०७८, बिहीबार

निरन्तर कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्दै मिर्मिरे



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले मधेश प्रदेश मातहतका ९ वटा शाखा कार्यालयका कर्मचारीहरुलाई व्यवसाय प्रवद्र्धन तथा क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ । संस्थाको मधेश प्रदेश प्रमुख राम किशोर चौधरीको संयोजकत्वमा कार्यक्रम भएको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशी र कजाृ विभाग प्रमुख राजेश श्रेष्ठले सहभागिहरुलाई सहजिकरण गरेको हो । तालिममा कर्मचारीहरुलाई व्यवसाय प्रवद्र्धनका सिकाईहरु, लघुवित्तको मुल मर्म, कर्जा विश्लेषण र जोखिम व्यवस्थापन, गुणस्तरीय धितो कर्जा लगानी प्रक्रिया लगायतका सिकाईहरु गरिएको हो ।

आर्थिक वर्षको शुरुबाट नै कर्मचारीहरुको क्षमता र दक्षता अभिबृद्धिको लागि विभिन्न तालिमहरुको आयोजना गर्दै आएको संस्थाले राष्ट्र बैंकले दिएको निर्देशन अनुरुप प्रादेशिक संरचनामा समेत कार्य थालनी गरिसकेको छ ।

संस्थाले त्रैमासिक रिपोर्टको समिक्षा गर्दै कर्मचारीहरुसंग साक्षात्कार सहित समस्याहरुको सुनवाई को लागि यस्तो कार्यक्रमहरु गरिएको र निरन्तर वेबिनार मार्फत पनि कार्यक्रमहरु भइरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज बोहराले बताउनु भयो ।

संस्थाको दोश्रो त्रैमाससम्ममा ८ अर्ब ८६ करोड लगानी गरेको छ भने सदस्यहरुबाट २ अर्ब ६२ करोड बचत संकलन गरेको छ । दोश्रो त्रैमासमा संस्थाले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार १२ करोड १६ लाख रुपैंया नाफा गरेको छ भने प्रति शेयर आम्दानी ५५.९१ रुपैंया रहेको छ ।


प्रतिक्रिया दिनुहोस्