तपाईको खातामा आयो ३० प्रतिशत बोनस शेयर ? आएको छैन् भने के गर्ने ?

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर शेयरधनीको खातामा जम्मा गरेको छ । लघुवित्तले ३० प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गरिदिएको हो । लघुवित्तको पौष २८ गते सातौं वार्षिक साधारण सभाले पारित गरेको ३० प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।
साथै २०७७ अषाढ २६ गते पश्चात शेयर खरिद गरी कायम भएका शेयरधनीहरुले २०७८ पौष २८ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट ३० प्रतिशत बोनस शेयर वापत लाग्ने कर शेयरधनी स्वंयमले भुक्तानी गर्नुपर्ने हुँदा कर वापतको रकम जम्मा गरेपश्चात मात्रै बोनस शेयर सम्वन्धित शेयरधनीको खातामा जम्मा हुने लघुवित्तले जनाएको छ ।
उक्त कर सिद्धार्थ बैंकमा बुझाउनुपर्नेछ ।
