प्रतिकित्ता ७ सय रुपैयाँमा सिभिल लघुवित्त २१ हजार कित्ता शेयर बिक्रीमा, कसले आवेदन दिन पाउँछ ?

काठमाडौं । सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूह तर्फको २१ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
यो शेयरको मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन पेश गर्ने सक्नेछन् ।
कम्पनीले सुरज अधिकारीको नाममा रहेको १५ हजार कित्ता र बोध प्रसाद त्रिपाठीको नाममा रहेको ६ हजार कित्ता शेयर विक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र गोप्य शिलबन्दी बोलपत्र कम्पनीको केन्द्रिय कार्यालय चावहिल, काठमाडौंमा पेश गर्नु पर्नेछ ।
साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।