महुली लघुवित्तको २५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक समूह तर्फको २५ हजार ४ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
कम्पनीको संस्थापक शेयरधनीहरुलाई प्राथमितका दिदै खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधि भित्र विद्यमान संस्थावक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेका पश्चात उक्त शेयर अन्य ब्यक्ति तथा संघ सस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (बैशाख २८ गते) ले ७ दिन भित्र कम्पनीको सचिवको कार्यालय अग्नीसाइर कृष्णासवरण ६ महुल सप्तरीमा आवेदन दिन सक्नेछन् ।