छुट्नु होला है ! अभियान लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन « Arthapath.com
२२ श्रावण २०७९, आईतवार

छुट्नु होला है ! अभियान लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन



काठमाडौं। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर रू। १०० अंकित मूल्यका रू। ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन थियो । कम्पनीले निष्कासन गरेको ९ लाख ७५ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १२ हजार ५०० कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको थियो ।

बाँकी रहेको ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारण का लागि छुट्याईएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्तापूँजी रू।१५ करोड २५ लाख रहेको छ । आईपीओ निष्कासन तथा बाँडफाँट पश्चात् उक्त पूँजी २५ करोड पुग्नेछ ।
आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्